Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, भदौ १०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

  • ३. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ४. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ५. भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • ६. बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

  • ७. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ८. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

  • ९. उच्च अदालतमा रवि लामिछानेको निवेदन

बिमाको रकम नपाउँदा भरतपुर अस्पताल सङ्कटमा, ५० करोडबढी रकम भुक्तानी हुन बाँकी


  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • चितवनको भरतपुर अस्पतालले स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा उपचारमा समस्या भएको छ ।

    Advertisement

    स्वास्थ्य बिमा बोर्डले पचास करोड रुपैयाँ भुक्तानी नदिएका कारण उपचार खर्च व्यवस्थापन गर्न समस्या भएको अस्पतालले जानकारी दिएको छ ।

    आर्थिक अभावका कारण बिमा रकम मार्फत दिइने सेवाहरु हटाउँदै गएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

    ‘हालसम्मको पचास करोड रुपैयाँ बढी बिमा रकम हामीले पाएका छैनौँ,’ बिहीबार भरतपुर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा मेडिकल सुपरिटेण्डेण्ट पौडेलले भन्नुभयो ‘हामीले नियमित सेवा दिन समस्या भइसकेको छ ।’

    उहाँका अनुसार अस्पतालले बिमा बापत प्रदान गर्दै आएको २४ प्रकारका प्रयोगशाला सेवा हटाइएको छ । बिमाको रकम अझै केही समय रोकिएमा अस्पतालले औषधि दिन नसक्ने उहाँले बताउनुभयो ।
    अहिलेसम्म अस्पताल विकास समितिको बजेटबाट खर्च मिलान गरिएको छ । अस्पताल विकास समितिको कोषमा पनि बजेट सकिँदै गएको बताउँदै डा. पौडेलले सरकारले रकम उपलब्ध नगराए सेवाहरु रोक्नुको विकल्प नहुने बताउनुभयो ।उहाँका अनुसार अस्पतालले फागुन महिनादेखिको औषधि तथा अस्पताल जन्य उपकरण खरिद गरेको पैसा तिर्न बाँकी छ । औषधि र स्वास्थ्य सामग्री सप्लायर्सले भुक्तानी नपाएपछि सामग्री दिन बन्द गर्ने चेतावनी दिइसकेको उहाँले बताउनुभयो ।

    ‘हामीले फागुन महिनादेखि औषधि खरिद गर्ने पाटीहरुलाई पेमेन्ट गर्न सकेका छैनौँ । हामीसँग औषधि तथा अस्पतालजन्य उपकरणहरु सकिरहन्छ,’ उहाँले भन्नुभयो ‘पेमेन्ट नभएपछि उहाँहरुले रोक्छु भन्नुभएको छ ।’ औषधि र स्वास्थ्य सामग्री सप्लायर्सलाई अस्पतालले १२ करोड रुपैयाँ हाराहारीमा तिर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

    बिमा बोर्डले असार महिनापछि ३७ करोड हाराहारीमा भुक्तानी गरेको थियो । त्यसयता थपिँदै पचास करोड बढी पुगेको हो ।अस्पतालले बिमामार्फत प्रत्येक महिना छ करोड रुपैयाँ बराबरको सेवा दिँदै आएको छ । आर्थिक अभावका कारण औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भैरहेको अस्पतालका अध्यक्ष राजु पौडेलले बताउनुभयो ।

    ‘अधिकांश हामीले किनेर खर्च गर्नुपरेको अवस्था छ, अध्यक्ष पौडेलले भन्नुभयो ‘अस्पतालले कहिलेसम्म सामान किनेर उपचार गर्न सक्ला र ?’ भरतपुर अस्पतालमा सरकारी दरबन्दी र अस्पताल विकास समितिमा गरेर एक हजार दुई सय पचास कर्मचारी छन् ।

    विकास समितिका आठ सय कर्मचारीलाई तलब खुवाउनमात्रै मासिक साढे चार करोड रुपैयाँ खर्च हुने गरेको उहाँले बताउनुभयो । बिमा बोर्डलाई अस्पतालको समस्या र औषधि सप्लायर्सले दिएको चेतावनीको जानकारीसहित पत्राचार गर्दा पनि रकम भुक्तानीमा गम्भीरता नभएको अध्यक्ष पौडेलले बताउनुभयो ।

    ‘हामीले स्वास्थ्यमन्त्रीदेखि स्वास्थ्य बिमा बोर्डका अध्यक्षलाई पनि पटक पटक भेटेर भनेका छौँ,’ उहाँले भन्नुभयो ‘तत्काल दिने कुनै आश्वासन पाएका छैनौँ ।’

    बिमाबाट औषधि मात्रै नभएर ल्याब र अप्रेशन सेवा समेत दिनुपरेकाले खर्च धान्न कठिन भैरहेको छ । ‘अस्पतालमा आउने ७० प्रतिशत बिरामी बिमाका छन् । दैनिक एक हजार पाँच सय बिरामी बिमा अन्तरगतका हुन्छन्,’ बिमा शाखा प्रमुख लिलाधर पौडेलले भन्नुभयो ‘साउनदेखि हालसम्म इसिजीमा मात्र एक करोड रुपैयाँ बढी खर्च भएको छ ।’ बिमाको सेवा नरोक्ने हो भने अस्पताललाई भार अझ थपिँदै जान्छ ।

    बिमा रकम भुक्तानी नभएपछि देशका कतिपय अस्पतालले बिमाको सेवा नै बन्द गरेका छन् । यही अवस्थामा गए यहाँ पनि हटाउनुपर्ने बेला आउने अस्पतालले बताएको छ ।

    भरतपुर अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएको थियो । गत असार मसान्तसम्ममा अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमबाट एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको थियो । दश लाख ३५ हजार एक सय १५ पटक सेवा लिएका थिए ।

    भरतपुर अस्पतालमा एक दर्जन बढी जिल्लाका बिमाका बिरामी उपचारका लागि आउने गर्दछन् । चितवनसहित नवलपुर, मकवानपुर, तनहुँ र गोरखा लगायतका जिल्लाबाट पनि बिमाको उपचार गर्न बिरामीहरु आउने गरेका छन् ।

      शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज
      भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने
      उच्च अदालतमा रवि लामिछानेको निवेदन
      साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात
      रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै
      आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      लोकप्रिय

      • १.
        निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

      • २.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • ३.
        कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      • ४.
        माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

      • ५.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ६.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      भर्खरै

      • १.
        सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

      • २.
        भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

      • ३.
        उच्च अदालतमा रवि लामिछानेको निवेदन

      • ४.
        साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

      • ५.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      • ६.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ७.
        फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

      • ८.
        भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.