नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं तिहारको अवसरमा विशेष चाडपर्व लक्षित उपभोक्ता योजना सार्वजनिक गरेको छ ।
यस वर्षको दशैंलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले “टीभीएस गोल्डे की” चाडपर्व योजना सार्वजनिक गरेको हो। यो योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्नुहुने प्रत्येक ग्राहकले तीनमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ।
यस योजनाअन्तर्गत कुनै पनि टीभीएस दुईपांग्रे सवारीसाधन खरिद गर्नुहुने ग्राहकहरूले रु.१० लाखसम्म नगद छुट, गोल्डेन की वा खरिद मूल्यको १०० प्रतिशत सम्म क्यासब्याक मध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ।
हरेक खरिदमा निश्चित पुरस्कार प्राप्त हुने भएकाले ‘टीभीएस गोल्डेन की’ योजनाले यस चाडपर्वमा नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने अनुभवलाई अझ आकर्षक र लाभदायी बनाउने लक्ष्य लिएको छ।
यस योजनाको आकर्षण यतिमै सीमित छैन। विशेष दैनिक लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकहरूले ५ वर्षसम्मको निःशुल्क सर्भिस जित्ने अवसर समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यसमार्फत ग्राहकहरूले सवारीसाधन खरिदपछि पनि दीर्घकालीन सेवाको थप लाभ प्राप्त गर्न सक्नुहुनेछ। यस चाडपर्वमा नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउन ग्राहकहरूले सहज फाइनान्स सुविधा पनि प्राप्त गर्न सक्ने छन्।
यो सुविधा सम्बन्धित नियम तथा सर्तहरू लागू हुनेगरी उपलब्ध हुनेछ। योजनाको शुभारम्भका अवसरमा जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक रौनियारले भन्नुभयो–‘“दशैं उत्सव, नयाँ सुरुवात र पारिवारिक खुसीको पर्व हो। टीभीएसमा हामी सधैं आफ्ना ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन अतिरिक्त मूल्य र आकर्षक अवसरहरू प्रदान गर्न प्रतिबद्ध छौं। टीभीएस गोल्डेन की मार्फत प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ।
साथै, दैनिक लक्की ड्रमार्फत दीर्घकालीन सर्भिस लाभ जित्ने अतिरिक्त अवसर पनि प्राप्त गर्नुहुनेछ। यस योजनाले नयाँ टीभीएस दुईपांग्रे सवारीसाधन खरिद गर्ने अनुभवलाई यस चाडपर्वमा अझ रोमाञ्चक र फलदायी बनाउनेछ भन्ने हाम्रो विश्वास छ।”
जगदम्बा मोटर्स प्रा.लि. का कार्यकारी निर्देशक अखिल गुप्ताले भन्नुभयो–‘“हाम्रा ग्राहकहरू सधैं हाम्रो सम्पूर्ण कार्यको केन्द्रमा रहँदै आउनुभएको छ।यो योजना उहाँहरूलाई थप मूल्य, उपयोगी लाभ र चाडपर्व मनाउने थप कारण प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतिबिम्ब हो। यस अभियानमार्फत टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्नुहुने प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ भने दैनिक लक्की ड्रले थप उत्साह र जित्ने अवसर प्रदान गर्नेछ।
सहज फाइनान्स सुविधासँगै यस योजनाले नेपालभरका ग्राहकहरूका लागि टीभीएस सवारीसाधनको स्वामित्वलाई अझ सहज, आकर्षक र लाभदायी बनाउनेछ भन्ने हाम्रो विश्वास छ।’
