सामाजिक तथा राजनीतिक व्यक्तित्व कृष्ण प्रसाद पण्डितले नेपालीहरूको महान् पर्व तिहार, छठ पर्व तथा नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
पण्डितले यी पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, एकता, भाइचारा, धार्मिक सहिष्णुता र सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले तिहारले पारिवारिक आत्मीयता र दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउने, छठ पर्वले आस्था, श्रद्धा र प्रकृतिप्रतिको सम्मानलाई उजागर गर्ने तथा नेपाल सम्वत्ले मौलिक संस्कृति, परम्परा र राष्ट्रिय पहिचानको महत्व स्मरण गराउने उल्लेख गर्नुभएको छ।
यस पर्वको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले नेपाली समाजमा आपसी सद्भाव, सहकार्य र एकताको भावना अझ सुदृढ हुँदै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।
भरतपुर, चितवन निवासी पण्डितले सबै नेपालीमा हर्षोल्लासपूर्ण वातावरणमा चाडपर्व मनाउन तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्याउनसमेत आग्रह गर्नुभएको छ।
