होटल जमघटका सञ्चालक लोकनाथ भट्ट (कृष्ण)ले नेपालीहरूको महान् पर्व तिहार, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमार्फत उहाँले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा, प्रेम, एकता र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने यी पर्वहरूले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले पर्वहरूलाई केवल रमाइलो र उत्सवका रूपमा मात्र नभई पारिवारिक मिलन, सामाजिक सद्भाव, मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ।
साथै, नयाँ वर्ष नेपाल सम्वत् ११४६ ले नयाँ उमङ्ग, उत्साह र सकारात्मक सोच प्रदान गर्दै सबैको जीवनमा उत्तरोत्तर प्रगति र सफलताको मार्ग प्रशस्त गरोस् भन्ने कामना गर्नुभएको छ।
