नेपाल विधुत प्राधिकरणले गरेकाे अघाेषित लाेडसेडिङले विधुत उपभाेक्ता मारमा परेका छन् ।
Advertisement
विभिन्न कारणहरू देखाई विधुत प्राधिकरणले पटक पटक लाइन काट्ने र घण्टाैंसम्म विधुत सुचारू नगर्दा उधाेग, कलकारखाना, व्यवसाय, विभिन्न संघसंस्थाका कामहरूमा प्रत्यक्ष असर परेकाे छ भने विधुतिय उपकरणहरूमा उच्च भाेल्डेज र कम भाेल्टेजका कारण क्षति समेत पुगेकाे छ ।
विधुत प्राधिकरणका कर्मचारीहरूका अनुसार साँझ पख उच्च भाेल्टेजका सिंचाई मिटर, वेल्डिङ मेसिन, कुटानि पिसानि गर्दा विधुत उपयाेगकाे एकैपट चाप बढ्ने, गर्मि माैसमका कारण जम्पर जाने र केही ठाउँका पाेलहरू सार्ने क्रम चलेकाेले विधुत अनियमित भएकाे बताउँदै आएका छन् ।
तर विना सुचना विहानदेखि साँझ जुनसुकै समयमा पनि पटक पटक लाइन काट्ने गर्दा नेपालमा अघाेषित लाेडसेडिङ सुरू भएकाे बुझ्न सकिन्छ । #PRD800312