यहि असोज २५ गतेदेखि माडीमा सञ्चालन हुन लागेको नेपाल होमस्टे महासंघको चौथो राष्ट्रिय महाधिवेशन सफल बनाउन माडीका सबै राजनैतिक दलहरू एक भएका छन् ।माडीकाे बघौडा सामुदायिक होमस्टेमा सम्पन्न सर्बदलिय बैठकले कार्यक्रम भव्यतापूर्वक सफल बनाउने निर्णय गरेको हाे ।
त्यस्तै, माडी नगरपालिकाले एक वक्तव्य जारी गरि माडीमा सञ्चालन हुन लागेकाे नेपाल होमस्टे महासंघको चौथो राष्ट्रिय महाधिवेशन सफल बनाउन सबैमा अनुरोध गरेको छ ।
महाधिवेशमा आउने पाहुनाहरुको स्वागत, टोलटोलको सरसफाई, स्वास्थ्य तथा सुरक्षा व्यवस्थापन, माडीका पर्यटकीय क्षेत्रहरुको भ्रमण, आवास व्यवस्थापत लगायतमा आवश्यकं सहयोगका लागि अनुरोध गरिएको हो ।
महाधिवेशनको समुद्घाटन असोज २६ गते शुक्रबार ११ बजे बसन्तपुर बजारमा र बन्दसत्र असोज २६ देखि २८ गतेसम्म माडी-९, बगहीस्थित दुरा सामुदायिक होमस्टेमा सञ्चालन हुने कार्यक्रम रहेको छ ।
कार्यक्रममा देशैभरका होमस्टेका करिब ६ सय बढी प्रतिनिधिहरुको सहभागितामा रहने अनुमान गरिएकाे छ ।
#PRD800623