चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडकखण्ड, बफरजाेन (मध्यवर्ती) क्षेत्र र हुलाकि राजमार्गकाे विषयलाई कार्यान्वयन गर्न दबाब स्वरूप चरबद्द
आन्दोलनकाे तयारी थप तिब्र पारिएकाे छ ।
समृद्धिका लागि युवा अभियान माडीकाे आव्हानमा आज शनिबार माडी क्याम्पसकाे सभाहलमा आन्दाेलनकाे तयारी स्वरूव माडिबासि, युवा अगुवा, सामाजिक अगुवा एवं राजनैतिक, बाैद्दिक व्यक्तिहरूसंग बृहत् छलफल गरिएकाे हाे ।
त्यस्तै, आजकाे कार्यक्रमले १०१ सदस्यीय मुल संघर्ष समिति गठन गरि ५ जना अध्यक्ष चयन गरेकाे छ । संघर्ष समितिको अध्यक्षमा क्रमश: शुक्रमिया चौधरी, रामबन्धु पोख्रेल, रामचन्द्र लम्साल, बिष्णु कुमारी क्षेत्री र सुरेन्द्र श्रेष्ठ रहनुभएको छ ।
माडीका समस्या समाधान गर्न माडीका राजनैतिक दलहरूसंग छलफल गरि थप कार्यक्रमकाे स्वरूप तय गरिने संघर्ष समितिका एक अध्यक्ष रामचन्द्र लम्सालले जनाउनुभयाे ।
Advertisement