चितवन राष्ट्रिय निकुञ्जमा खडेरीका कारण पानीका मुहान सुक्न थालेपछि वन्यजन्तु समस्यामा परेका छन् ।
Advertisement
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला एक सय ३४ वटा तालतलैयामा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई समस्या भएको हाे ।
प्राकृतिक र निकुञ्जले बनाएका कृत्रिम तालसहित सिमसार क्षेत्र, नदी, खोलामा गत वर्षको तुलनामा पानीको सतह घटेको उहाँले बताउनुभयाे ।
लामो समयसम्म पानी नपरेकाले पानीको सतह घटेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले बताउनुभयाे ।