प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले निकुञ्ज भित्रको बाटाे धुलो रहित बनाउन बजेटमै व्यवस्था गर्ने प्रतिवद्दता जनाएपनि जेष्ठ १५ गतेकाे बजेट बिनियाेजनमा “माडी” शब्द कतैपनि सुन्न पाइएन ।
बजेटमा चितवन राष्ट्रिय निकुञ्ज काे बाटाेकाे विषयमा खुसिकाे खबर आउँछ कि भनी पुरै भाषण गहन गरि सुनेका माडीबासिले “माडी” नाम सुन्न नपाई भाषण सकिएकाे हाे ।
प्रधानमन्त्रीबाट आश्वासन र माडीबासिलाई धाेका भएकाे भन्दै माडी संघर्ष समितिले आन्दाेलनकाे तयारी समेत थालेकाे छ ।
यता, बागमती प्रदेश सांसद एवं बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुर प्रसाद ढकालले प्रधानमन्त्रीले सार्वजनिक रूपमा जनाउनु भएको प्रतिबद्दता अनुसार हुलाकि सडक विस्तारका लागि हुलाकि सडक आयोजना मार्फत बजेटको ब्यवस्था गरि जंगल भित्रको बाटो बन्ने कार्यको सुनिश्चितता भएकाे भन्दै प्रधानमन्त्रीकाे बचाउ गर्नुभएकाे छ ।
त्यस्तै उहाँले सम्पूर्ण माडीबासीका तर्फबाट प्रधानमन्त्री, भौतिक मन्त्री, अर्थमन्त्री लगायत नेपाल सरकारलाई आभार समेत व्यक्त गर्नुभयाे । #PRD810217