नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेका छन् ।
Advertisement
आज बिहान करिब ३:३० बजे खसेको लेदोसहितको पहिरोले काठमाडौँ–वीरगञ्ज र काठमाडौँ–गौर चल्ने यात्रुबहाक बस बगाएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयाे ।
काठमाडौँ–वीरगञ्ज चल्ने बसमा २४ जना र काठमाडौंबाट गाैर जाँदै गरेकाे बसमा ४१ जना यात्रु सवार रहेको जनाइएकाे छ । हाल बसको खोजीमा गोताखोरको टोलीसहित सशस्त्र र जनपद प्रहरी परिचालन गरिएकाे छ ।