नेपाली महिलाको प्रमुख पर्व हरितालिका तीज आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। तीजको व्रतका लागि शक्ति सञ्चय गर्ने परम्पराअनुसार आज भाद्र शुक्ल द्वितीयाका दिन महिलाहरूले दर खाँदैछन्।
Advertisement
तीजको पहिलो दिन माइती तथा दाजुभाइले चेलीबेटी, दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरमा विशेषगरी दूधबाट बनेका परिकार, घिउ तथा आडिला खानेकुरा खाने गरिन्छ।
भोलि भाद्र शुक्ल तृतीयाका दिन महिलाहरूले निराहार व्रत बसेर शिव–पार्वतीको पूजा गर्नेछन्। त्यसपछि गणेश चौथी र ऋषि पञ्चमी मनाउँदै चारदिने तीज पर्व सम्पन्न हुनेछ।
पछिल्लो समय तीजका नाममा बढ्दो तडकभडक र महिनौँअघिदेखि दर खाने प्रवृत्तिप्रति भने संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गर्दै मौलिक संस्कृति जोगाउन आग्रह गर्दै आएका छन् ।
