दुर्गा प्रसाईले सञ्चालन गरेकाे बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वाेच्च अदालतले आदेश जारी गरेको छ ।
Advertisement
न्यायाधीशहरू डा. कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको भए झापाको बिर्तामोडमा रहेको उक्त बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट जारी भएको देखिन्छ’ सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले भन्नुभयाे, ‘आदेशको प्रति हामीले पाइसकेका छैनौं । निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिन्छ । विस्तृत विवरण संक्षिप्त आदेश वा फैसलाको पूर्णपाठ प्राप्त भएपछि मात्रै थाहा हुनेछ।’ #PRD801212