निरन्तर दबाबकाे बाबजुत अन्तत: चितवन राष्ट्रिय निकुञ्ज भित्रकाे भुमिगत केबुल बिग्रिएर लामाे समयसम्म माडी अन्धकारमय हुने समस्याकाे निराकरण खाेजिएकाे छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र बिछ्याइएकाे भुमिगत केबुलकाे फल्ट पत्ता लगाउन निकुञ्ज भित्र ३ ठाउँमा केबल राइज गरि (भुमिगत बिजुलिकाे तार उठाइ) पाेल गाड्ने काम आज मंगलबार सम्पन्न भएकाे छ । याे संगै अब निकुञ्जमा फल्ट आएमा तत्काल ३ ठाउँमा चेक गरेपछि सहजै फल्ट पत्ता लाग्नेछ भने बिधुत सुचारू हुन दिनाैं कुर्नेपर्ने अवस्थाकाे अन्त्य भएकाे छ ।
निकुञ्ज भित्र केबल राइज गरि ४ ठाउँमा पाेल गाड्न सहजिकरण गर्न वन मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्ज विभागलाई केही दिनअघि पत्राचार गरेकाे थियाे । निकुञ्ज भित्रकाे ८ किलाेमिटर भुमिगत केबललाई ३ ठाउँमा पाेल पर्याप्त हुने भएकाेले देउरालि भन्ने स्थानमा एउटा पाेल, थपलिया घाेल नजिक अर्काे स्थानमा र थप एक स्थानमा गरि ३ ठाउँमा बिजुलिकाे तार चेक गर्नमिल्ने गरि पाेल गाडिएकाे हाे ।
निकुञ्ज भित्रकाे (चनौली- माडी ३३/११ के.भी.) भुमिगत प्रशारण लाइनमा पटक पटक खरावी आउदा माडी अन्धकारमय भएसंगै माडीकाे एक प्रतिनिधि मण्डल काठमाडौं डेलिगेसन गई निरन्तर दबाब दिएकाे थियाे । #PRD810118