त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
Advertisement
विमानस्थल भन्सारबाट पास भएर वेलकम गेट (स्वागतद्वार) नजिक आइसकेका उनीहरुलाई प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् ।
पक्राउ परेका दुबैले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो ।
सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिनुभयाे । #PRD810131