क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप गुमाउने भएका छन् । अमेरिकाले भिसा नदिएपछि उनले विश्वकप गुमाउने भएका हुन्।
Advertisement
क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमार्फत् आफूले भिसा नपाएको जानकारी दिएका छन् । उनले सन् २०१९ मा जस्तै यसपटक पनि काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्।