माडीमा बाँदरमुढे बम बिष्फोटको कहाली लाग्दो घटना भएको आज १९ वर्ष पूरा भएकाे छ ।
वि.सं. २०६२ साल जेठ २३ गते माडीबाट नारायणगढ तर्फ जाँदै गरेको यात्रुबाहक बस तत्कालिन विद्राेहि नेकपा माओवादीले थापेको विधुतिय धरापमा परि ३ सुरक्षाकर्मीसहित ३८ जनाको घटनास्थलमै ज्यान गएको थियोभने ७२ जना घाइते भएका थिए । पछि थप ४ जनाको समेत मृत्यु भयो ।
बाँदरमुढे घटनाको सत्यतथ्य छानबिन गर्दै पिडित परिवारले १८ वर्षदेखि संघर्ष समिति बनाएर न्यायको लागि भौतारीरहेका छन् । तर उनीहरुको आवाज सुनिदिने कोहि छैन ।
हरेक वर्ष जेठ २३ मा बाँदरमुढेस्थित स्मारकस्थल पुग्छन् मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै फूल चढाउँछन् र १ मिनेट मौनधारण गरेर घर फर्किन्छन् । न त दोषि पत्ता लगाइ कारबाही भएको छ न त पीडितको बल्झिएको घाउमा मल्हम लगाउने गरि अधिकारको सुनिश्चतता र उचित क्षतीपुर्तीको व्यवस्था भएको छ ।
बाँदरमुढे घटनाका मृतक परिवार र घाइतेहरू दाेषिलाई कारबारि गरि न्याय पाउने अझैपनि सङ्घर्षरत छन् ।
#PRD810223 #Badarmudhe