उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजि श्रेष्ठ ‘प्रकाश’ ले राष्ट्रियताकाे रक्षाकाे लागि कम्युनिष्ट र बामपंथी एकताकाे आवश्यकता रहेकाे बताउनुभएकाे छ ।
माडीकाे बसन्तपुरमा जारी सातौं स्वर्गिय भुवानीप्रसाद पाैडेल स्मृति फुटबल प्रतियोगिताकाे फाइनल खेलकाे समापन समाराेहमा प्रमुख अतिथिकाे रूपमा बाेल्दै उहाँले देशमा आर्थिक रूपान्तरण र राजनैतिक परिवर्तनलाई पुर्णता दिन जरूरी रहेकाे र त्यसकाे लागि कम्युनिष्ट र बामपंथी पार्टिहरूबिच सहकार्य गरि पार्टि एकताकाे हदसम्म पुर्याउनुपर्ने बताउनुभयाे ।
राजनैतिक परिवर्तनकाे रक्षा गर्नुकाे अतिरिक्त सामाजिक र आर्थिक क्षेत्रकाे विकास गर्न समेत जरूरी रहेकाे उहाँले जिकिर गर्नुभयाे ।
सामाजिक आर्थिक रूपान्तरण र आर्थिक विकासकाे समृद्धिकाे प्रकृयालाई अघि बढाइ जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेकाे स्विकाराेक्ति उहाँकाे थियाे ।