माडी नगरपालिकाले कम्प्युटरजन्य सामाग्रि तथा सि.सि.टि.भि. क्यामरा, सवारी साधन मर्मत कार्य गर्दा बोलपत्र आव्हान नगरि केहि फर्म/पार्टि हरुलाई पटक पटक गरि सोझै खरिद गरेको भेटिएको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८(२) बमोजिम खुला प्रतिस्पर्धा मार्फत खरिद गर्नुपर्ने र नियमावली, २०६४ को नियम ८५ मा रु. २० लाख भन्दा बढिको खरिद कार्य बोलपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था भएपनि महालेखाले नमुना छनाैटकाे आधारमा परिक्षण गर्दा पालिकाले यसवर्ष १ कराेड ३६ लाख ९८ हजार ९०४ बराबरकाे कम्प्युटरजन्य सामाग्रिहरू सोझै खरिद गरेको प्रतिवेदनमा उल्लेख छ ।
नगरपालिकाले सोझै खरिद गरेका फर्म/पार्टीहरुः
यूनिक कम्प्युटर एण्ड सोलुसन, एस एल इन्टरप्राइजेज, इन्फोटिक कम्प्यूटर एण्ड सप्लायर्स, पाठक कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जगदम्बा कन्स्ट्रक्सन/श्री ओम इन्टरप्राइजेज, हेटौंडा, आर एन सफल कन्स्ट्रक्सन एण्ड सप्लायर्स, नारायणी अटो केयर, श्री विश्वकर्मा हेभी इक्युपमेन्ट, जेन्दृुन अटो वर्ड प्रा.लि., शारदा इन्टरप्राइजेज, दुर्गा एण्ड सन्स् अटोमोबाइल प्रा.लि. रहेकाे जनाइएकाे छ ।