चितवनकाे माडी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पुजीँगत खर्चको ७६.६८ र चालु खर्चको ८०.४८ प्रतिशत खर्च गर्न सफल भएको छ ।
माडी नगरपालिकाद्धारा सार्वजनिक चालु आर्थिक वर्षको वित्तिय प्रगती विवरण अनुसार पुजीँगत खर्चको लक्ष्य ३५ करोड २ लाख (शुन्यान्तर गर्दा) रहेकोमा २६ करोड ८५ लाख खर्च भई ७६.६८ प्रतिशत प्रगति भएको जनाइएको छ । त्यस्तै, चालु खर्चतर्फ कुल लक्ष्य ६३ करोड ३६ लाख (शुन्यान्तर गर्दा) मा ५१ करोड खर्च भई ८०.४८ प्रतिशत प्रगती भएको हो ।
दुबै आँकडा अनुसार कुल खर्च लक्ष्य ९८ करोड मा ७७ करोड खर्च भई जम्मा ७९.१३ प्रतिशत खर्च भएको विवरणमा उल्लेख छ ।
केन्द्र तथा प्रदेशबाट प्राप्त हुने राजश्व बाँडफाँडको पूरा रकम प्राप्त नहुनु र आन्तरिक आम्दानी समेत लक्ष्य अनुरुप उठाउन नसेको कारण वित्तिय प्रगती कमी देखिएको माडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बतउनुभयो । त्यस्तै, काम सम्पन्न भएर पनि रकम अभावको कारण भुक्तानी दिन नसकिएका योजना तथा कार्यक्रमको आगामी आर्थिक वर्षमा भुक्तानी गरिने उहाँको भनाइ थियो ।