गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री एवं सांसद डा वीरेन्द्र महतोेले घुस दिएको विषय अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताउनुभएको छ ।
Advertisement
प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री लेखकले सांसद महतोले घुस दिएको विषयमा सांसदहरुले सदनमा उठाएका विषयमा सरकार गम्भीर रहेको भन्दै अनुसन्धान अघि बढाएको सदनलाई जानकारी दिनुभएको हो ।
आफूले व्यक्तिगत रुपमै सांसद महतोसँग उक्त विषयमा जानकारी लिएको उहाँले बताउनुभयो । “घुस प्रकरणमा तत्काल छानबिन थाल्न आदेश भएको छ । यो विषयलाई सरकारले गम्भीर रुपमा लिएको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सदनमा एक सदस्यले आफ्नो छोराको सर्टिफिकेटको सन्र्दभमा विचौलीयालाई घुस दिएको कुरा उठाउनुभएको छ ।
मैले व्यक्तिगत रुपमा उहाँसँग कुरा गरेर घुस लिने मान्छे चिनाउन आग्रह गरेको छु ।”