भरतपुर महानगरपालिका वडा नं. ११ स्थित लोटस् एकेडेमीमा (शनिबार) भएको एकदिने ‘मानसिक स्वास्थ्य शिविर’मा झन्डै ३०० जनाले सेवा लिएका छन् ।
चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भाबेश रिमालको बिशिष्ट आतिथ्यता रहेको थियो ।
साईक्याट्रिक नर्सिङ एण्ड हेल्थ रिसर्च सोसाईटीको आयोजना तथा लोटस् एकेडेमी र चितवन सहायता ट्र्स्ट युकेको सहयोगमा भएको कार्यक्रममा विभिन्न संघसंस्था र दातृ निकायका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
बिज्ञान र प्रविधिको युगसंगै नयाँ टेक्निकलको आबिस्कार भइरहँदा अस्वस्थ प्रतिस्पर्धा र खानपिनका कारण समेत बिश्वभर मानसिक समस्याका कारण मानिसको अकालमा ज्यान जाने गरेको छ ।
मानसिक रोग जुनसुकै उमेर समुहका व्यक्तिहरुमा हुने भएकाले मानसिक स्वास्थ्य क्षेत्रमा देखिएको यस्तो समस्यालाई केही हदसम्म भएपनि कम गर्न सकिन्छ भन्ने उदेश्यले स्वास्थ्य शिबिर गरिएको साईक्याट्रिक नर्सिङ एण्ड हेल्थ रिसर्च सोसाईटीका अध्यक्ष रमेश सुब्बाले जानकारी दिनुभयो ।
भरतपुर अस्पतालका साइक्याट्रिक डा. प्रज्वल श्रेष्ठ, डा. सिर्जना भुर्तेल र डा. आशुतोष कंडेलले बिरामीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।