अविरल वर्षाका कारण धादिङको धुनीवेशी नगरपालिकास्थित वडा नम्बर–९ खत्रिपौवा सुरुङ्ग मार्ग नजिकै लेदोसहितको पहिरो आउँदा नागढुङ्गा–नौबिसे सडक खण्ड बिहानैदेखि दुवैतर्फ बन्द भएको छ ।
Advertisement
सडक अवरुद्ध कारण काठमाडौंबाट बाहिरिने र काठमाडौं प्रवेशका लागि आएका सवारीका साधनहरु रोकिएका छन्। पहिरो पन्छाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ।
लेदोसहितको पहिरो भएकोले पन्छाउन केही समय लाग्ने प्रहरीको भनाइ छ।