स्कोव ट्रेनिङ सेन्टर पश्चिम चितवनले शिक्षकहरुलाई तालिम दिएको छ । स्कोवले आज एक कार्यक्रमकाबीच कक्षा १ देखि १० सम्म पढाउने गणित शिक्षकहरुलाई तालिम दिएको हो ।
स्कोव ट्रेनिङ सेन्टर संस्था पश्चिम चितवनका अध्यक्ष हर्कबहादुर चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा स्कोव ट्रेनिङ सेन्टर संस्था पश्चिम चितवनका वरिष्ठ सल्लाहकार एवं संरक्षक बेलबहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई संवोधन गर्नुहुँदै गुरुङले पाठ्यक्रम सुधारमा जोड दिनुपर्ने बताउनुभएको छ । बिद्यार्थीलाई प्रयोगात्मक ज्ञानको रूपमा बिकास गराउन समेत शिक्षकहरुलाई तालिम दिएको गुरुङले बताउनुभयो ।
गितानगर, मेघौली, चनौली, शिबनगर, देवनगर, शारदानगर र माडी लगायत पश्चिम चितवनका विभिन्न संस्थागत बिद्यालयका शिक्षकहरुलाई तालिममा समाबेश गराइएको संस्थाका अध्यक्ष हर्कबहादुर चापागाईंले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी शिक्षकहरुलाई शिक्षा तालिम केन्द्र धुलिखेलका रोस्टर प्रशिक्षक तथा पाठ्यक्रम बिकास केन्द्रका लेखक बिज्ञ नवराज पाठक र राष्ट्रिय परीक्षा बोर्डका बिज्ञ सुशील खनालले प्रशिक्षण दिनुभएको थियो । उहाँहरु दुबैजना एलाइडको लेखक पनि हुनुहुन्छ । एलाइड पब्लिकेशन काठमाडौंको सहयोगमा १ देखि ५ कक्षासम्म र ६ देखि १० सम्म पढाउने गणित शिक्षकहरुलाई दुई समुहमा प्रशिक्षण गराइएको हो ।
यसअघि स्कोव संस्थाले एसईइमा पश्चिम चितवनका ३२ निजि बिद्यालय अन्तर्गत ए प्लस ल्याउने विद्यार्थीलाई सम्मान गरेको थियो । ३।३६ भन्दा बढी जिपिए ल्याउने २३ जना छात्रा र १० जना छात्रलाई नगद सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।