ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सी चितवन शाखाको शुभारम्भ भएको छ ।
बिहिबार एक कार्यक्रमका बिच चितवन शाखाको भरतपुरमा शुभारम्भ गरिएको हो । शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का केन्द्रिय अध्यक्ष शेषराज भट्टराई र ब्रिजका अध्यक्ष भुवन गिरीले संयुक्त रुपमा रिवन काटेर चितवन शाखाको समुद्घाटन गर्नुभएको हो ।
समुद्घाटनका अवसरमा प्रमुख अतिथि समेत रहनुभएका इक्यान अध्यक्ष भट्टराइले ब्रिज देशकै भरपर्दो कन्सल्टेन्सि मध्य एक भएको बताउनुभयो । उहाँका अनुसार ब्रिज इक्यानको आधिकारीक वरिष्ठ सदस्य हो ।
विशिष्ठ अतिथि शैक्षिक एवं राजनीतिक व्यक्तित्व राजेश्वर खनालले कन्सल्टेन्सीहरुको बिचमा ब्रिजले अलग पहिचान बनाउन सफल रहोस भन्दै शुभकमना दिनुभयो । उहाँले बिद्यार्थीहरुलाई गुणस्तरीय तवरले पढाएर तथा अब्बल बनाएर मात्रै थप अध्ययनका लागि बिदेश पठाउन सुझाब दिनुभयो ।
त्यस्तै ब्रिजका निर्देशक महेश गिरीले आफुहरुको संस्थामार्फत उच्च शिक्षाका लागि बिभिन्न देशमा जाने बिद्यार्थी समस्यामा नपर्ने प्रतिवद्धता जनाउनुभयो । चार्टर्ड एकाउण्न्टेन्ट समेत रहेका गिरीले ब्रिजबाट उच्च शिक्षाका लागि परदेश गएकाहरुलाई साथ र सहयोग रहँदै आएको स्पष्ट पार्नुभयो ।
उद्घाटन सत्रमा उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष अशोक अधिकारी, बेलायतका कन्ट्रि डाइरेक्टर एण्डि होप्किन्स, ब्रिजका निर्देशक संजय पन्त लगायतले आफ्नो धारण राखेका थिए ।