तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले २७ जनाकै मृत्यु भएको जानकारी दिनुभयो ।
पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका थिए ।
घाइते १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। उनीहरूको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए।
पोखराबाट काठमाडौँका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।
मृत्यु हुने सबैको शव आँबुखैरेनीमा राएिको छ। भारतीय बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको पाइएको छ। २ दिन पोखरा बसेर आज काठमाडौँ आउँदै गर्दा बस दुर्घटनामा परेको हो। २ वटा बस सँगसँगै आउँदा एउटा दुर्घटनामा परेको बताइएको छ।