न्यायका लागि सकृय महिला मंच चितवनले आज एक कार्यक्रमकाबीच भरतपुरमा किशोरीहरुलाई महिनावारीका सम्बन्धमा प्रशिक्षण दिएको छ
अनियमित महिनावारी र प्रथमतः महिनावारी हुँदा किशोरीहरुलाई गरिने विभेद र समस्या आदिका बारेमा नव खेलाडीहरुलाई प्रशिक्षण दिएको न्यायका लागि सकृय महिला मंच चितवन एवं मितेरी जैविक प्याड उत्पादन केन्द्रकी अध्यक्ष सावित्री भण्डारीले जानकारी दिनुभयो ।
अझैपनि समाजमा महिनावारी हुँदा गरिने विभेद आदिका कारण किशोरीमा देखिने नकारात्मक असरलाई हटाउन सो विषयमा प्रशिक्षण गराइएको भण्डारीले बताउनुभयो ।
राधा पौडेल फाउन्डेसनकी अध्यक्ष राधा पौडेलले कार्यक्रममा सहभागी किशोरीहरुलाई प्रथम पटक महिनावारी हुँदा किशोरीहरुले भोग्नुपरेको पिडा र यौवन अबस्थामा देखिने समस्या आदिका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा झन्डै ५० भन्दा बढी किशोरीहरुको सहभागीता रहेको थियो । यस संस्थाले यसअघि समेत लैङ्गिक हिंसा विरुद्धको१६ दिने अभियान, सामाजिक विकृति बिसङ्गती आदिका बारेमा समेत कार्यक्रम संचालन गर्दै आइरहेको छ ।
कालिका, खैरहनी, भरतपुर, माडी, गुञ्जनगर आदि क्षेत्रमा किशोरीहरुलाई महिनावारी आदिका बारेमा सचेतना र प्रशिक्षण गराउदै आइरहेको छ ।