चितवन जिल्ला क्रीकेट संघको आयोजनामा (सिएमसी कर्पोरेट) क्रीकेट प्रतियोगिता हुने भएको छ ।
यही भदौ १४ गतेदेखि १७ गतेसम्म चल्ने उक्त क्रीकेट प्रतियोगिता भरतपुर-४ बाह्रघरेमा संचालन हुँदैछ ।
यस प्रतियोगितामा जम्मा १६ वटा टिमको सहभागीता रहने आयोजकले जनाएको छ । प्रतियोगिता लिग विधामा हुनेछ । प्रथम पुरस्कार रु. ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र यसैगरी द्वितीय पुरस्कार रु. २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने चितवन क्रीकेट संघका सचिव सुरज ज्ञवालीले जानकारी दिनुभयो ।
यसको मुख्य प्रायोजकमा चितवन मेडिकल कलेज (सिएमसी) रहेको छ । नेपालकै अग्रणी शिक्षा क्षेत्रको रूपमा रहेको चितवन मेडिकल कलेजले आफ्नो आन्तरिक खेलकुद र व्यवसायिक सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आइरहेको छ ।
प्रतियोगिताको मुख्य उदेश्य कर्पोरेट संघहरुसंग प्रतियोगिताबाट संकलित रकम चितवन टिमको मुम्बई टिमसंगको मैत्रीपूर्ण खेलमा प्रयोग गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा चितवनका विभिन्न अस्पताल बैंक र अन्य विभिन्न संघसंस्थाहरुले भाग लिन सक्नेछन् ।