Non-Resident Nepali Association (NRNA Poland) द्वारा आयोजित ३rd NRNA Sports Day 2026 अन्तर्गत महिला तथा पुरुष भलिबल प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भएका छन्
महिला भलिबल प्रतियोगितामा Nepal Magar Sangh Shakha Poland – Women’s Volleyball Teamले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो भने BRC – Women’s Volleyball Team उपविजेतामा सीमित रह्यो।
प्रतियोगितामा दुई टिमको मात्र सहभागिता भएतापनि दुवै टोलीले प्रतिस्पर्धात्मक र उच्चस्तरीय खेल प्रदर्शन गर्दै खेल भावना, अनुशासन र उत्साहको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए। आयोजकका अनुसार यस प्रतियोगिताले महिला खेलकुदको प्रवर्द्धन, सशक्तिकरण तथा समुदायबीच एकता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
पुरुष भलिबल प्रतियोगितामा विभिन्न देशहरूबाट आएका नेपाली टिमहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलबीच Syangja Volleyball Romaniaविजेता बन्न सफल भयो।
त्यसैगरी, Nepal Volleyball Club Hamburg प्रथम उपविजेता बने भने New Nepal Malta Volleyball Associationदोस्रो उपविजेताको रूपमा स्थापित भए।
प्रतियोगितामा सहभागी सबै टिमहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेल भावना, अनुशासन र प्रतिस्पर्धात्मक ऊर्जा प्रस्तुत गरेका थिए।
NRNA Poland ले सहभागी सम्पूर्ण टिमहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमहरूले खेलकुदको विकास, नेपाली समुदायबीचको एकता तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
यस प्रकारका खेलकुद गतिविधिहरूले विदेशमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै सामुदायिक सद्भाव मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।