राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन जिल्ला समितिको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचनबाट ई. मिनि माधव खनाल भारी मतान्तरसहित जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ।
सभापति पदमा खनालले २२२ मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो। उहाँका निकटतम प्रतिस्पर्धी कृष्ण प्रसाद भुसालले १११ मत प्राप्त गर्दा अर्का उम्मेदवार प्रकाश आचार्यले २२ मत प्राप्त गर्नुभयो। खनालले दोस्रो स्थानका उम्मेदवारभन्दा १११ मत बढी ल्याउँदै स्पष्ट जनमतसहित नेतृत्व हात पार्नुभएको हो।
उपसभापति पदमा निर्मला गिरी १९० मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी टिकादत्त इटनीले ८४ तथा प्रभाकर जोशीले ७३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।
त्यसैगरी सचिव पदमा तेजेन्द्र प्रसाद पौडेल १९४ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी नेत्र लामिछानेले १४५ मत प्राप्त गर्नुभएको थियो।
नवनिर्वाचित नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जिल्लाभर संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा पार्टीका नीति–कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।
