भरतपुर महानगरपालिका–११ मा रहेको युनाइटेड टेक्निकल कलेज (युटेक)ले शैक्षिक सत्र २०८३/८४ का लागि इन्जिनियरिङतर्फ स्नातक तहमा भर्ना खुला गरेको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त युटेक कलेजले गुणस्तरीय प्राविधिक शिक्षा, आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक र विद्यार्थीमैत्री वातावरणसहित इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको जनाएको छ ।
कलेजले स्नातक तहका कार्यक्रमका लागि प्रवेश परीक्षा असार २२ गते सोमबार दिउँसो १ बजे सञ्चालन गर्ने जनाएको छ । कलेजले छात्रवृत्ति, आधुनिक शैक्षिक पूर्वाधार, उद्योग तथा रोजगारीमुखी शिक्षण प्रणाली र व्यावहारिक सिकाइमा विशेष जोड दिएको छ ।
कलेजमा उपलब्ध इन्जिनियरिङ कार्यक्रमहरू:
B.E. Civil Engineering — ९६ सिट
B.E. Computer Engineering — ४८ सिट
B.E. Information Technology (IT) — ४८ सिट
B.E. Electrical & Electronics Engineering — ४८ सिट सिट संख्या सीमित रहेकाले इच्छुक विद्यार्थीलाई समयमै सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गर्न कलेजले आग्रह गरेको छ ।
