चितवन, नवलपरासी, झापा, मोरङ, सुनसरी, महोत्तरी र बारामा फैलिएको बर्डफ्लु रोग नियन्त्रणमा आएको छ। पशुसेवा विभागका अनुसार हाल काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने नियन्त्रणका प्रयास जारी छन्।
Advertisement
विभागले संक्रमित क्षेत्रका पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरी रोग नियन्त्रणमा ल्याएको जनाएको छ। रोग नियन्त्रणमा आएपछि पन्छीको ओसारपसार पनि क्रमशः सहज बनाइएको विभागले जानकारी दिएको छ।
