गुगलको लोकप्रिय इमेल सर्भिस जिमेललाई टक्कर दिनेगरी मस्कले एक्समेल ल्याउन
लागेका हुन् । सोसल मिडिया प्लाटफर्म एक्समार्फत् मस्कले एक्स मेल ल्याउन थालेको जानकारी गराएका हुन् । एक्स कम्पनीको इन्जिनियरिङ तथा सेक्योरिटी विभागका सदस्य Nate McGrady ले एक्समेल कहिले सुरु हुन्छ ? भनी एक्समा गरेको पोस्टको जवाफमा मस्कले ‘आउँदैछ’ भनेर लेखे । गुगलले जिमेल बन्द गर्ने हल्लाका बीच म्याक ग्राडीले एक्समेलका विषयमा प्रश्न गरेका थिए ।
यद्यपि एक्समेल कहिले सुरु हुन्छ र यसका फिचरहरु के के हुनेछन् ? भन्ने बारेमा विस्तृतमा कुनै जानकारी भने सार्वजनिक भएको छैन । विश्लेषकहरुले एक्समेल एउटा इमेल सेवा हुने र एक्स प्लाटफर्ममै आबद्ध हुने अनुमान गरेका छन्
एलन मस्कलाई अंग्रेजी अक्षर ‘एक्स’ सँग गज्जबको अनुराग छ । चर्चित रकेट कम्पनी स्पेस एक्सका मालिक एलन मस्कले सोसल मिडिया प्लाटफर्म ट्वीटर खरीद गरेर त्यसलाई पनि एक्स नामाकरण गरे । एक्स अक्षरसँगको आशक्तिलाई निरन्तरता दिने क्रममा एलन मस्कले अब इमेल सेवामा पनि हात हाल्दैछन् र त्यसको नाम एक्समेल राख्दैछन् ।