• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

“विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

उपचारका लागि गोपाल माझीले पाए सहयोग

लोकप्रिय समाचार

  • १. आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा युट्युवमा आएका समाचारको खण्डन

  • २. “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

  • ३. माडीकाे शनि मन्दिरमा भाेलि अस्मिता डल्लाकाेटिकाे प्रस्तुति रहने

  • ४. साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

  • ५. गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

  • ६. उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

  • ७. वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

  • ८. उपचारका लागि गोपाल माझीले पाए सहयोग

  • ९. भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

  • १०. गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

विकासका लागि तनहुँमा एकीकरण आयोजना


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन गरेको जग्गा एकीकरण आयोजनामा २२ दशमलब ८ प्रतिशत भौतिक प्रगति भएको छ ।

    Advertisement

    व्यास नगरपालिका–१० बैरेनीमा सञ्चालित जग्गा एकीकरण आयोजनामा चैत मसान्तसम्म उक्त प्रगति भएको हो । त्यस्तै आयोजनामा २५ प्रतिशत आर्थिक प्रगति भएको व्यास नगरपालिकाका इञ्जिनियर रवीन्द्रलाल मूलले जानकारी दिनुभयो । व्यास नगरपालिकाले रु नौ करोड २४ लाख ७० हजार १८ लागतमा जग्गा एकीकरणको काम सुरु गरेको छ ।

    प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा रिटेनिङ वाल निर्माणका लागि रु ५९ लाख ९० हजार ७८१ मा ठेक्का लागेको थियो । उक्त ठेक्काको जिम्मा विश्वास एण्ड बिपु कन्स्ट्रक्सन जोरपाटीले पाएको थियो । त्यस्तै दोस्रो चरणमा सडक, ढल तथा अन्य संरचना निर्माणका लागि रु आठ करोड ६४ लाख ७९ हजार दुई सय ३७ मा ठेक्का लागेको थियो । उक्त ठेक्का एचआरभी शिवदेव जेभी धुलिखेलले पाएको छ ।

    आयोजनाअन्तर्गत आठ मिटर चौडाइ भएको सडक ४२२ मिटर, सात मिटर चौडाइ भएको सडक एक हजार २१५ मिटर, छ मिटर चौडाइ भएको सडक दुई हजार दुई सय २० मिटर र चार मिटर चौडाइ भएको सडक तीन सय ३४ मिटर निर्माण गरिने इन्जिनियर मूलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार आयोजनाको क्षेत्रको ढललाई सुरक्षित तबरले व्यवस्थापन गर्न आयोजनाको बीचमा धाप क्षेत्रमा ठूलो ढल निकास नाली तथा आवश्यकताअनुसार सडक छेउमा सानो ढल नालीको निर्माण गरिनेछ ।

    यहाँ विद्युत् पोलको निर्माण गरिने तथा प्रसारणलाइनका लागि सहरी विकास तथा भवन निर्माण विभागको वित्तीय सहयोग र विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको समन्वयमा निर्माण गरिनेछ ।
    भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन सकिएपछि जग्गा एकीकरण आयोजना सुरु गरिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार प्रथम चरणमा २६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गर्नका लागि मस्यौदा योजना तयार गरी सहरी विकास मन्त्रालयमा पेस गरिएकामा विसं २०७८ फागुन २ गते सरकारबाट स्वीकृत भएको थियो ।

    नगरपालिकाले आयोजना निर्माणका लागि गत वर्षको मङ्सिर १५ गते नगर विकास कोषसँग ऋण सम्झौता गरेको थियो । सम्झौताअनुसार नगर विकास कोषले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम बेहोर्नेछन् ।

    जग्गा एकीकरण आयोजनाका लागि एक लाख ३२ हजार आठ सय १४ वर्ग मिटर (२६१ रोपनी) क्षेत्रफल छुट्याइएको छ । जग्गा एकीकरण आयोजनामा दुई सय ३१ लाभग्राहीका ३४७ कित्ता समावेश गरिएको मूलले बताउनुभयो ।

    प्रत्येक जग्गाधनीहरुले गर्नुपर्ने योगदानको विस्तृत योगदान तालिका तथा चक्लाबन्दी नक्सासमेत तयार भइ स्वीकृत भइसकेको उहाँले बताउनुभयो ।

    आगामी दिनमा जगाको चार किल्ला सीमाङ्कन गरी आयोजनाका सम्बन्धित जग्गाधनीहरुलाई अस्थायी जग्गाधनी प्रमाणपूर्जासहित जग्गा फिर्ता गरिनेछ । त्यसपश्चात पूर्वाधार निर्माणका लागि आरक्षित घडेरी बिक्री गरी विभिन्न चरणमा नगर विकास कोषलाई ऋण रकम भुक्तानी गरिने मूलले बताउनुभयो ।

    व्यास नगरपालिका–१० (साविक फराकचौर वडा नम्बर ८ (घ) र (ङ)) का अन्तर्गतका जग्गामा आयोजना सञ्चालन गरिनेछ । पश्चिमतर्फ मादी नदीले कटान गरी बनेको डिल फराकचौर ८ ङ (३) फराकचौर ८ घ (२, १२)६, १२(५) देखि भित्रका कित्ताहरु आयोजनामा समावेश गरिएका छन् ।

    वैरेनी जग्गा एकीकरण आयोजनाअन्तर्गत एक हजार पाँच सय ३६ रोपनी सम्भाव्यता अध्ययन गरिएको थियो । व्यास नगरपालिकाको व्यवस्थित सहरीकरणको अभियानमा यो स्वीकृति कोशेढुङ्गा हुने नगरपालिकाको दाबी छ ।

    व्यास नगरपालिकाका प्रमुख न्यौपानेले व्यवस्थित सहर विकासका लागि जग्गा एकीकरण आयोजनाले सहयोग पुग्ने बताउनुभयो । व्यास नगरपालिकामा बढ्दो जनघनत्वलाई मध्यनजर गरी नगर विकास कोषसँगको ऋण जग्गा एकीकरण आयोजना सुरु गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

      आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न
      “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न
      वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम
      उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण
      मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
      गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      लोकप्रिय

      • १.
        नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन

      • २.
        आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा

      • ३.
        एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक

      • ४.
        सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५

      • ५.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ

      • ६.
        माडीका विद्यार्थी शुसाङ्क सुवेदीले पाए छात्रवृत्ति

      भर्खरै

      • १.
        साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

      • २.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

      • ३.
        वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

      • ४.
        उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

      • ५.
        मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

      • ६.
        गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      • ७.
        गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

      • ८.
        भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.