• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

चितवनले सुन्दैछ अग्रजका गजल

उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

लोकप्रिय समाचार

  • १. देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

  • २. माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

  • ३. भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

  • ४. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ५. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ६. चितवनले सुन्दैछ अग्रजका गजल

  • ७. माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ८. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

  • ९. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

गाउँलेले हालिदिए छानो


  •   सोमबार, जेठ ०६, २०८२ मा प्रकाशित
  • काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्ज्वल भन्ने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हाली दिएका छन् ।

    Advertisement

    यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपी चोकका बासिन्दा उज्ज्वलको घरको छानो उडाएको थियो । छानो उडाएको दुई दिनपछि शनिबार उज्ज्वलको मृत्यु भयो । घारिबथानमा उहाँको घरबाहेक कसैको पनि क्षति भएको छैन ।

    मृतकका बुवा केशव दमाई र श्रीमती सुशीला परियार पाँच वर्षको छोरा शिशिरलाई सँगै लिएर शव बुझ्न धुलिखेल पुुग्नुभएको छ । घरमा दृष्टिविहीन आमा विष्णु दमाई र उज्ज्वलकी आठ वर्षीया छोरी उर्मिला परियार मात्रै छन् । घटनापछि आज बिहान उज्ज्वलका दुई विवाहित दिदी र अन्य आफन्त घरमा आइपुगेका छन् ।

    शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिनुभयो । “यही घडेरी र घरबाहेक उज्ज्वल परिवारको केही छैन, कमाएर परिवारको गुजारा चलाउने मुख्य मान्छेसमेत गुमाएपछि यो परिवारको साहरा र आधार केही बाँकी रहेन”, उहाँले भन्नुभयो,“यो परिवारमा परेको दुःख देखेर सबै छरछिमेकी र आफन्त जम्मा भएर घरको मर्मत सम्भार तथा छानो हाल्ने काम गरिदिएका छौँ ।”

    मृतकका आफन्त भैरब परियारले परिवारको मुख्य सहारा गुमेपछि निकै समस्या भएको बताउनुभयो । “आमा दुवै आँखा देख्दिनन्, बुबाको बुताबाट कुनै आम्दानी हुने अवस्था छैन् । श्रीमतीले घर हेरेर बसिदिँदा उज्ज्वलले कमाएको पैसाले परिवार चलिरहेको थियो”, परियारले भन्नुभयो, “उज्ज्वलको प्राण गएसँगै यो परिवारको त बिचल्ली हुने अवस्था आएको छ ।”

    परिवारले दिएको जानकारीअनुसार उज्ज्वल केही समयदेखि धुलिखेल क्षेत्रमा विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रूपमा काम गरिरहनुभएको थियो । शनिवार धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासी विद्युत् लाइन छोड्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।

    ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले मृतक उज्ज्वलको शव घर ल्याउन र राज्यले प्रदान गर्ने राहत रकमका लागि आफूले काभ्रे प्रशासन तथा त्यहाँका जनप्रतिनिधिसँग समन्वय गरिरहेको बताउनुभयो । नगरपालिकाको तर्फबाट मृतकको परिवारको घर निर्माणका र अन्य सहयोगबारे कार्यपालिका बैठकमा छलफल गरिने उहाँले बताउनुभयो ।

      सोमबार, जेठ ०६, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान
      चितवनले सुन्दैछ अग्रजका गजल
      उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव
      बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना
      कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण
      माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        करारका कर्मचारीलाई सञ्चय कोष र महङ्गी भत्ता

      • ५.
        मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा

      • ६.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      भर्खरै

      • १.
        माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • २.
        चितवनले सुन्दैछ अग्रजका गजल

      • ३.
        उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

      • ४.
        बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

      • ५.
        कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

      • ६.
        माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

      • ७.
        भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

      • ८.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.