सेवा र विकासका लागि युवाद्वारा गुल्मीको रीडीमा सोमबार शैक्षिक सामाग्री वितरण गरिएको छ ।
रुरु संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सेवा र बिकासका लागि युवाका केन्द्रीय संयोजक प्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
सोही विद्यालयमा अध्यनरत १२५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक माधव प्रसाद ज्ञवालीले सामाजिक क्षेत्रमा सेवा र बिकासका लागि युवा अभियानले गरेको कार्य प्रशंसनिय भएको बताउनुभयो ।
शैक्षिक सामाग्री वितरण अभियानले पढ्नको लागि विद्यार्थीलाई थप उर्जा प्रदान गरेको जिकिर गर्नुभयो ।
कार्यक्रममा रुरु संस्कृत विद्यापिठका निमित्त प्राचार्य शेषनारायण मरासिनी विद्यार्थी परिषद्का राष्ट्रिय सचीव मनिष बन्जाडे, विद्यालयका प्रधानाध्यापक माधव ज्ञवाली विद्यालय व्यवस्थापन समितिका सदस्य सेवा र बिकासका लागि युवाका पदाधिकारीहरुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।