माडी क्याम्पसकाे गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त गर्ने सम्पूर्ण प्रकिया अवरूद्द बनेकाे छ ।
विश्वविद्यालय अनुदान आयोग (University Grant Commission) ले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यु.ए.ए.) प्रमाणीकरणका लागि माडी क्याम्पसले प्रक्रिया अगाडि बढाएकाे भएपनि त्यसकाे निरन्तर फलाेअप र आवश्यक कागजातकाे काम हुन नसक्दन क्यु.ए.ए. प्राप्त गर्न ६ वर्षदेखिकाे सम्पुर्ण कसरत त्यसै खेर गएकाे हाे ।
क्यु.ए.ए. प्राप्त गर्ने प्रक्रिया अन्तरगत माडी क्याम्पसले वि.सं. २०७६ मंसिर १७ गते विश्वविद्यालय अनुदान आयोगमा आशयपत्र पेश गरी प्रक्रियाकाे थालनी गरेकाे थियाे । आयोगले सोही महिनाको २४ गते आशयपत्र स्वीकृत गर्दै Self Study Report लेख्न अनुमती दिएको थियो ।
त्यसपछि निवृत्त शिक्षक सुरेश बहादुर थापाकाे अध्यक्षतामा माडी क्याम्पसमा प्राज्ञीक समिति गठन गरिएकाे थियाे । क्याम्पसले २०७८ साउन १८ गते Self Study Report प्रतिवेदन आयोगमा पेश गरेको थियो । वि.सं. २०८० जेष्ठ १६ देखि १८ गतेसम्म आयोगबाट माडी क्याम्पसमा PRT Visit (अनुगमन) र Preparatory Assessment (मुल्यांकन) समेत भएको थियाे ।
तर, क्याम्पस सञ्चालक समिति, प्राज्ञिक समिति र व्यवस्थापन पक्षकाे हेल्चेक्राई र अधिक राजनितीकरणले गर्दा क्यु.ए.ए. काे सम्भावना त सकियाे नै माडी क्याम्पसकाे शैक्षिक अवस्था समेत धरासयी बन्न पुगेकाे छ । #PRD8205243
