विश्व हिन्दु महासंघ नेपाल चितवनका अध्यक्ष प्रेम गैरेले बडा दशैंका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज बिहानै एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा बिदेशमा रहनुहुने समस्त नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो ।
लामो समयदेखि सामाजिक तथा धार्मिक क्षेत्रमा सक्रिय गैरे हाल दर्जन भन्दा बढी संघसंस्थामा आबद्ध हुनुहुन्छ । उहाँले बहुसंख्यक हिन्दुराज्य भएको मुलुकलाई राज्यले नै जबर्जस्त धर्मनिरपेक्षता बनाएर ठुलो गल्ती गरेको बताउनुभयो ।
नेपाललाई पुनः हिन्दुराज्य बनाउनुपर्ने धारणा राख्दै गैरेले नेपाललाई कुनैपनि दलले निकास दिन नसकेको आरोप लगाउनुभयो ।
हालै भएको जेनजी आन्दोलनले नयाँ सरकार गठन भएपनि नेपाललाई पुनः हिन्दुराज्य कायम गराउन चुकेको बताउनुभयो ।
भ्रष्टाचार, बेथिति र अनियमितता अन्त्यका लागि जेनजी पुस्ताले उठाएको माग अत्यन्तै देशका लागि हितकर रहेको बताउनुभयो ।
देशमा सुशासन, पारदर्शी, शान्ति सुव्यवस्था कायम गराएर देशको बिकासमा अहिलेको वर्तमान सरकार तत्पर रहने जिकिर गर्नुभयो ।
जेनजीका मागहरु तत्काल पुरा गराई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पुन: वैदिक सनातन हिन्दुराज्य स्थापना गराउनु अपरिहार्य भएको बताउनुभयो ।
स्वदेशमा नै रोजगारीको वातावरण सिर्जना गराएर बिदेश पलायन हुनबाट युवालाई जोगाउनुपर्ने धारणा राख्नुभयो ।