Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक १०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

जेनजी आन्दोलनको क्षति बीमाले नसमेटे सरकारले व्यहोर्छ : अर्थमन्त्री खनाल

आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने

चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

सहज बन्दै नारायणघाट बुटवल सडक

लोकप्रिय समाचार

  • १. बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा

  • २. शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

  • ३. यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

  • ४. सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका पूर्वमन्त्री खड्का सुटुक्क विदेश

  • ५. सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

  • ६. भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

  • ७. राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

  • ८. सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

  • ९. चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

  • १०. नेमस निर्वाचन समिति संयोजक गर्जामगरद्वारा तिहार र छठ पर्वका अबसरमा शुभकामना व्यक्त

नवरात्रको अन्तिम दिनः गरिँदै सिद्धिदात्री देवीको पूजाआराधना


  •   बुधबार, असोज १५, २०८२ मा प्रकाशित
  • आश्विन शुक्ल नवमीका दिन आज (असोज १५) दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

    Advertisement

    प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् ।

    सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरण मात्र गर्नाले जुनसुकै कष्ट वा सैकटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ ।

    नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन असोज ७ गते मंगलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो ।

    चौथो दिन असोज ९ गते बिहीबार र पाँचौँ दिन असोज १० गते शुक्रबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । चौथी तिथि वृद्धि भएर दुवै दिनको सूर्योदयकालमा चौथी परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजाआराधना गरिएको नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।

    यो वर्षको नवरात्रको छैटौँ दिन असोज ११ गते शनिबार नवदुर्गामध्येकी पाँचौँ स्कन्दमाताको पूजाआराधना गरियो । सातौँ दिन असोज १२ गते आइतबार छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । आठौँ दिन असोज १३ गते सोमबार सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजाआराधना गरियो । नवरात्रको नवौँ दिन असोज १४ गते मंष्गलबार आश्विन शुक्ल अष्टमीमा महागौरी देवीको पूजाआराधना गरियो ।

    नवरात्रको अन्तिम दिन आज आश्विन शुक्ल नवमीमा सिद्धिदात्री देवीको पनि विशेष पूजाआराधना गर्नुपर्ने समितिका सदस्य भट्टराईले बताए ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

    नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यो वर्ष असोज १६ गते बिहीबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका निम्ति समितिले बिहान ११ः५३ बजेको साइत उत्तम रहेको जनाएको छ ।
    दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

      बुधबार, असोज १५, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      जेनजी आन्दोलनको क्षति बीमाले नसमेटे सरकारले व्यहोर्छ : अर्थमन्त्री खनाल
      आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल
      सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल
      सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा
      ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो
      पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने

      लोकप्रिय

      • १.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • २.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • ३.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ६.
        स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

      भर्खरै

      • १.
        जेनजी आन्दोलनको क्षति बीमाले नसमेटे सरकारले व्यहोर्छ : अर्थमन्त्री खनाल

      • २.
        आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

      • ३.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

      • ४.
        सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

      • ५.
        ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

      • ६.
        पार्टीको आन्तरिक विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्ग्याइने

      • ७.
        चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

      • ८.
        तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.