• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, मङि्सर २२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

माडी सम्भावना चुनौती र संबाहक हो

विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति

रास्वपा प्रतिनिधिसभा उम्मेदवारका लागि आवेदन खुला, शुल्क २५ हजार

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ४. माडी सम्भावना चुनौती र संबाहक हो

  • ५. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ६. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ७. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ८. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • ९. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • १०. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै


  •   बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
  • नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको होटेल हिमालयमा बस्नेछ ।

    Advertisement

    पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्नेछ । देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवाले पहिलोपटक पदाधिकारी बैठक बोलाएका हुन् । जेनजी आन्दोलनका क्रममा घरमै आक्रमण परेर घाइते भएर अस्पताल भर्ना भएका देउवा त्यसयता सार्वजनिक भएका छैनन् । देउवा अस्पतालबाट डिस्चार्ज भए पनि अहिलेसम्म सार्वजनिक भएका छैनन् ।

    घरमा समेत लुटपाट, आगजनी र तोडफोड भएपछि अस्पतालबाट निस्केपछि उनी भाडाको घरमा बस्दै आएका छन् । सीमित नेतासँग मात्र भेट गरेका सभापति देउवाले यही असोज २६ गतेका लागि डाकिएको केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आज पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका हुन् ।

    कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले देउवालाई पदबाट हटाउन विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिरहेका छन् । जेनजी आन्दोलनपछि व्यक्ति व्यक्तिका वक्तव्य आए पनि नेपाली कांग्रेसले नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने धारणा सार्वजनिक गरिसकेको छैन । जेनजी आन्दोलनपछि नियुक्त प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटित भएको छ ।

    प्रतिनिधिसभाको विघटनलाई देउवाबाहेकको कार्यसम्पादन समिति बैठकबाट नेपाली कांग्रेसले असंवैधानिक भनेको छ । महामन्त्री द्वयले भने कार्यसम्पादन समितिको बैठकले विघटन असंवैधानिक भने पनि फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई लक्षित गर्दै विशेष महाधिवेशनको मुद्दा अघि सारेका छन् ।

    महामन्त्रीहरूको पहलमा देशभर हस्ताक्षर अभियान चलिरहेको छ । महामन्त्री गगन थापानिकट केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बुधबारसम्म ४०५ भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । उनको दाबी अनुसार शुक्रबारसम्म ५० प्रतिशतभन्दा बढीको हस्ताक्षर संकलन गरी दर्ता गर्ने तयारी छ ।

      बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल
      हेटौंडामा एकै दिन भत्काइए ५३१ घर
      विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
      रास्वपा प्रतिनिधिसभा उम्मेदवारका लागि आवेदन खुला, शुल्क २५ हजार
      सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान
      धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ३.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

      • २.
        हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

      • ३.
        माडी सम्भावना चुनौती र संबाहक हो

      • ४.
        विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति

      • ५.
        रास्वपा प्रतिनिधिसभा उम्मेदवारका लागि आवेदन खुला, शुल्क २५ हजार

      • ६.
        सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

      • ७.
        धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

      • ८.
        निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.