चितवन भरतपुरको अस्पताल रोडमा जथाभावी पार्किङ हुँदा दुर्घटनाको जोखिम बढ्ने देखिन्छ ।
Advertisement
चाडपर्वका बेला अव्यवस्थित पार्किङले अस्पताल आउने बिरामीलाई समेत सास्ती देखिन्छ । सवारीसाधनको बढ्दो आवागमन हुने सो क्षेत्रमा सडकको दुवैतिर अस्पतालको लाइन छ । भने अस्पताल अगाडि एक साइडमा गाडीहरुको पार्किङ भने अर्को साइडमा फुटपाथ संचालन गरिएको देख्न सकिन्छ ।
चौबीसकोठीमा भरतपुर महानगरले फुटपाथ रोक लगाउनु फेरि अस्पताल अगाडि फुटपाथ जम्मा गर्नुले गम्भीर प्रश्न उब्जाएको छ । करिब ५ सय मिटर अगाडि प्रहरी कार्यालय हुँदा समेत त्यहाँ प्रहरीको आँखा पुगेको देखिदैन ।
