• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ६. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ७. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ८. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ९. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • १०. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल


  •   मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
  • दूध उत्पादन, बजारीकरण र भुक्तानीको विषयमा केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घको आयोजनामा आज यहाँ छलफल भएको छ ।

    Advertisement

    चितवनसहित २७ जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष, केन्द्रीय समिति र दुग्ध विकास संस्थानका प्रमुखलगायतसँग छलफल गरिएको हो ।

    सो क्रममा संस्थानका महाप्रबन्धक सञ्जीव झाले सहकारीहरुको दूधको बजारीकरणमा सहयोग गर्दै दूधको भुक्तानीलाई समेत प्रथामिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । झाका अनुसार संस्थानमा अहिले रु ५६ करोडका धुलो दूध र मखन मौज्दात रहेको छ ।

    त्यसका कारण भुक्तानीमा समस्या आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानको भुक्तानीलाई प्राथमिकतामा राखेर मौज्दात घटाउँदै लगेका छौँ ।” भदौ मसान्तसम्ममा रु ८६ करोडको मौज्दात रहेकामा अहिले यसलाई घटाइएको हो । दसैँको समयमा मात्रै २०० मेट्रिकटन धुलो दूध र मखन बिक्री गरिएको उहाँले जानकारी दिनुभयो । देखिएको समस्यामा सुधार हुँदै गरेको उहाँको भनाइ थियो ।

    किसानको रु ८५ करोड संस्थानले तिर्नुपर्ने बक्यौता रहेकामा यो महिनासम्ममा रु ३२ करोड हाराहारी भुक्तानी गर्ने गरी प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो । हरेक महिनामा सोही अनुसार भुक्तानी गरेर गरेर माघ÷फागुनसम्ममा नियमित भुक्तानी हुने व्यवस्था गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    केन्द्रीय दुग्ध उत्पादक सरकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले किसानको दूधको भुक्तानी गरेर सहज गर्न आग्रह गर्नुभयो । तीनदेखि सात महिनाको भुक्तानी पाउन बाँकी रहेकाले तिहारलगत्तै मन्त्रालयसँग बसेर भुक्तानीको विषय टुङ्गो लगाउन सङ्घ लागिपरेको उहाँले बताउनुभयो ।

    भुक्तानीको विषयमा सङ्घ गम्भीर भएर सोचेर अघि बढ्ने उहाँको भनाइ छ । उहाँका अनुसार डेरीहरुले रु तीन अर्ब हाराहारी बक्यौता भुक्तानी गर्न बाँकी छ । देशभरमा एक हजार ८७५ दुग्ध उत्पादक सहकारी रहेका छन् ।

    तीमध्ये सङ्घमा ८६६ सहकारी आबद्ध भएको भन्दै उहाँले छ लाखभन्दा बढी परिवार दुग्ध उत्पादन क्षेत्रमा लागेको बताउनुभयो । संस्थानबाहेक ३५ वटा निजी डेरीले सहकारीबाट दूध उठाउँदै आएका छन् । तीमध्ये ४० प्रतिशतको भुक्तानी नियमित नभएर बक्यौता बसेको उहाँको भनाइ थियो ।

    सो अवसरमा विभिन्न जिल्लाका अध्यक्षले आ–आफ्नो समस्या राख्नुभएको थियो । नेपालमा सबैभन्दा बढी दूध उत्पादन हुने जिल्लामा चितवन, इलाम र काभ्रेपलाञ्चोक पर्दछन् । दैनिक १२ लाख लिटर दूध बजारमा बिक्रीका लागि जाने गर्दछ । चितवनका दुग्ध उत्पादक किसानले मात्र रु ८० करोडभन्दा बढी भुक्तानी पाउन बाँकी रहेको छ ।

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले चितवनका सहकारीले मात्र संस्थानबाट रु ४० करोड र निजी डेरी उद्योगबाट अन्य बक्यौता पाउनुपर्ने बताउनुभयो । जिल्लामा हाल तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर खपत हुने गरेको बगालेले जानकारी दिनुभयो ।

      मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत
      नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता
      अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली
      निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा
      यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत
      रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

      • २.
        नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

      • ३.
        अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली

      • ४.
        निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

      • ५.
        यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

      • ६.
        रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      • ७.
        कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

      • ८.
        सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.