• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ८. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ९. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • १०. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र


  •   मङ्गलबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
  • माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री ज्यू,

    Advertisement

    यहाँको पत्रकार सम्मेलन सुन्ने अवसर प्राप्त भयो । कतिपय विषयहरू सुन्दा खुशी लाग्यो भने केही विषयमा दु:ख पनि लाग्यो । मुलत: सरूवाको विषयमा जेष्टतालाई आधारमान्ने कुरा राम्रो छ । तर तपाईं पनि सुमनाकै जस्तो पिँधमा पुग्न नसकेको देख्दा जुन जोगी आए पनि कान चिरेकै त हुदै त छैन भन्ने लाग्यो । त्यसैले विषयगत र जुन तह ( सामान्यतया माथिल्लो तह) को शिक्षक हो सोही तहमा पढाउनेका लागि यो कुरा ठिकै छ । विषयगत शिक्षको ठाँउमा सोही विषयको आउनुहुन्छ । माथिल्लो तहमा पनि यो समस्या आउदैन । तर विद्यालयमा अन्य पनि धरातलिय यथार्तताको अवस्था छ जहाँ यो कार्यविधिले विद्यालय धरापमा परिरहेका छन् । यो कुरा उठाउने नै छु ।

    साथै सुमना कार्यविधि ल्याउदा भनिएको कुरा के थियो भने तत्कालिन सरूवा पद्दतीमा घुसखोरी भयो त्यसैले यस्तो कार्यविधि ल्याउनपरेको हो । यदि घुस समस्या हो भने त्यसलाई ठिक गर्नु पर्यो । कडा भन्दा कडा कारबाही गर्नुस् । कार्बाहीको संयन्त्र र विधि बनाउनुस् । तर घुसको नाममा सामुदायिक विद्यालय कसरी चलेका छन भन्ने नबुझी सरूवामा समस्या पार्नु समाधान होईन । सरूवा पारदर्शी हुनु पर्छ भन्ने कुरा ठिक हो । तर विद्यालयमा तहगत दरबन्दी पनि नदिने विषय रोजेर पारदर्शी ढङ्गले सरूवा गर्न पनि नपाउने भई रहेमा सबै सामुदायिक विद्यालय त्यसमा पनि मूलत: पछाडि  प्राथमिकबाट निम्न माध्यमिक हुँदै माध्यमिक तह बनेका विद्यालयहरू ठूलो मारमा परेका छन् । आखिर जुन होचो उसकै मुखमा घोँचो हुने त रहेछ ।

    तपाईको मन्त्रालय, विभाग र स्थानिय सम्मका शिक्षा प्रसासनले  निम्न माध्यमिक, माध्यमिक (९-१०) र माध्यमिक (११-१२) मा पर्याप्त दरबन्दी नभएका कारणले प्राथमिक तहका दरबन्दी दिएको कुरा यहाँलाई रिपोर्टिङ छ कि छैन ? यदि छैन भने देश भरीबाट डाटा माग्नु हुन अनुरोध गर्दछु । अब एउटा अवस्था हेराैं – प्राथमिक तहको शिक्षकले माथिल्लो तहमा कुनै विषय पढाउनु हुन्छ । एक छिनलाई मानाैं उहाँले गणित विषय पढाई रहनु भएको थियो । उहाँको अनिवार्य अवकास भएर दरबन्दी खाली भयो । अब कार्यविधि अनुसार सरूवा गर्दा माथिल्लो तहको सट्टामा दिएको दरबन्दी भन्न पाईदैन, विषय रोज्न पनि पाईदैन । जेष्ठताका आधारमा आउने शिक्षकले माथिल्लो तहको कुरा छाेडाै ४ र ५ को गणित पढाउन पनि सक्नु हुन्न । पहिले सोही दरबन्दीमा रहेर  पढाउने माथिल्लो तहको गणित विषयको रूटिन खाली छ । विद्यालयमा सो विषय पढाउन अर्को शिक्षक पनि छैन, नयाँ आउनु हुनेले पनि रूटिन बमाेजिमको कक्षाको विषय पढाउन सक्नु हुन्न । यसले सामुदायिक विद्यालहरू धरापमा पर्दै गई रहेकाछन ।

    मुलत: प्राथमिक तहको दरबन्दी खाली भएपछि निम्न अवस्था आउने गरेको छ :-

    (क) रिक्त दरबन्दीमा सरूवा गर्दा जेष्ठता हेरिने हुनाले सामान्यतया बूढो शिक्षक ल्याउन भन्दा करारमा ४/६ महिना राख्ने र पछि शिक्षक सेवा आयोगले पठाई दिन्छ भनेर करार विज्ञापन गर्ने गरिन्छ । ( अहिले  ९० देखि ९५% विद्यालयले सरूवा नगरी करारमा विज्ञापन गर्छन।) विषयगत र माथिल्ला दरबन्दीमा यहाँ पनि समस्या हुदैन तर प्राथमिक तहमा विषय रोज्न पाईदैन् । अहिले गणित पढेकालाई खोजेर सम्मान गर्ने परिस्थितिमा  उदाहरणमा भनीए बमोजिमको गणित शिक्षक मात्रै होईन विज्ञान वा अंग्रेजी कुनै पनि रोज्न नपाए पछि चाहिएको शिक्षक आउदैन ।

    ( ख) सरूवा गरेर ल्याएको अवस्थामा पनि विद्यालयमा सरूवा गरेर ल्याएको शिक्षक छ तर शिक्षा कार्यालयले माथिल्लो तहका लागि भनेर थपेको दरबन्दीको शिक्षक सो तहको तोकीएको रूटिमा जान सक्दैन ।

    (ग) न सरूवाबाट न करार विज्ञापनबाट विद्यालयलाई आवस्यक शिक्षक नआए पछि अरू उपाय हुन्छ कि भनेर खाली दरबन्दी सकेको समय सम्म होल्डमा राखेर कक्षा खाली राख्ने वा सक्नेले ज्यालादारी शिक्षकबाट धिकिर धिकिर काम चलाउने ।

    यो परिस्थपतिलाई राम्रो सँग बुझेर हालको सरूवा कार्यविधिलाई सके खारेज गरि शिक्षा नियमावलीकाे विधिमा अनलाईन निवेदनको ब्यवस्था, पारदर्शिता र अनियमितता रोक्ने र कार्वाही गर्ने ब्यवस्था थपेर कायम गर्ने नसके यहि कार्यविधिलाई संशोधन गरेर विषयगत र तहगत आवस्यकता ( मूलतः प्राथमिक तहको दरबन्दीको सम्बन्धमा ) पूरा हुने गरी अगाडि बढाईदिनु हुन विनम्र अनुरोध गर्दछु ।

    रमेश प्रसाद अधिकारी

    प्रधानाध्यापक

    सहिद स्मृति माध्यमिक विद्यालय

    भरतपुर -६, चितवन ।

      मङ्गलबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत
      नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता
      अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली
      निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा
      यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत
      रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

      • २.
        नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

      • ३.
        अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली

      • ४.
        निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

      • ५.
        यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

      • ६.
        रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      • ७.
        कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

      • ८.
        सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.