राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्न आग्रह गरेका छन् ।
Advertisement
सरकारले इमानदार छ भन्ने सन्देश दिनका लागि पनि कम्तीमा एक महिनाभन्दा बढी समयदेखि जिम्मेवारी सम्हालिरहेका सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
“प्रधानमन्त्री सुशीलाजीको शासनको एक महिना पूरा भयो। भ्रस्टाचारविरुद्धको अभियानप्रति इमानदार देखिनका लागि पनि सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण जनतामाझ पेस गर्नुपर्छ,” भन्दै फेसबुकमा स्टार्टस लेखेका हुन् ।
