अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाइएको छ ।
Advertisement
हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान जिल्ला प्रशासनले आह्वान गरेको हो ।
हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु फर्किन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए।
करिब एक हजार ५०० आन्तरिक तथा बाह्य पर्यटकको मङ्गलबार उद्धार गरिएको थियो ।
