प्रतिनिधि सभा निर्वाचन-२०८२ आउन अब मात्रै ३ दिन बाँकि छ । आज (साेमबार) मध्यराती १२ बजेबाट माैन अवधि सुरू हुँदैछ । देशभर चर्चाकाे क्षेत्र बनेकाे चितवन क्षेत्र नं. ३ मा कसले जित्ला भन्ने विषय सर्वत्र चासाेकाे रूपमा हेरिएकाे छ ।
त्याेभन्दा अगाडि अघिल्लाे निर्वाचन (२०७९) काे समानुपातिक मतलाई मुल्यांकन गराैं ।
१. रास्वपा: २८,४०१
२. राप्रपा: १६,७५५
३. नेकपा माओवादी केन्द्र: १६,०९०
४. एमाले: १४,५२२
५. काङ्ग्रेस: १०,५२४
६. ए. समाजवादी: १,०८५
अहिले चितवन-३ मा विशेषगरी नेपाली कम्युनिस्ट पार्टीकाे उम्मेदवार रेनु दाहाल र रास्वपा नेतृ साेबिता गाैतम बढि चर्चामा भएकाेले हामीले दुइजनाकाे मात्रै पाँच बलियाे पक्ष उल्लेख गरेका छाैं ।
रेनु दाहालकाे बलियाे ५ पक्ष:
• भरतपुर महानगरकाे बिकास निर्माण
• महानगर प्रमुख हुँदा सबैपक्षलाई मिलाएर लैजान सक्ने खुबि
• प्रभावशाली व्यक्तित्व, अनुभवि सक्रिय महिला नेतृ
• विजयी भएकाे खण्डमा मन्त्रीकाे समेत दाबेदार
• प्रचण्डपछि पार्टी हाक्नसक्ने एक सशक्त उम्मेदवार
साेबिता गाैतमकाे बलियाे ५ पक्ष:
• सांसदकाे अनुभवि, कानुनकाे ज्ञाता, प्रष्ट वक्ता
• युवा नेतृ (वर्ष ३०), याेग्यता र सुन्दरता (व्यक्तित्व)
• जेनजी आन्दाेलन पछि परिवर्तन खाेज्नेहरूलाइ बिकल्प “रास्वपा” र घण्टि क्रेज
• प्रधानमन्त्रीकाे दाबेदार: बालेन समर्थक युवाकाे मत
• २०७९ काे समानुपातिकमा २८ हजार मतकाे पहिलाे दल
पार्टिगत विश्लेषण:
१. राष्ट्रिय स्वतन्त्र पार्टी
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारकाे नेतृत्व नगरेकाेले नेता, कार्यकर्ता र समर्थकमा भने अन्य दलमा जस्ताे वितृष्णा आएकाे देखिएकाे छैन । बरू, एकपटक चैं अवसर दिई हेराैं भन्ने अधिकांश मतदाताकाे विचार रहेकाे पाइएकाे छ । जसलेगर्दा रास्वपाकाे अघिल्लाे निर्वाचनकाे समानुपातिक मत २८,४०१ प्रत्यक्षमा परिणत हुने देखिन्छ । भने, अन्य दलकाे मत थपिने सम्भावना पनि उत्तिकै छ ।
२. राष्ट्रिय प्रजातन्त्र पार्टी
अघिल्लाे निर्वाचनमा राप्रपाले प्रत्यक्षमा ३५,०६० सहित पहिलाे र १६,७५५ सहित समानुपातिकमा दाेस्राे दल बनेकाे थियाे । राप्रपाकाे बलियाे पक्ष भनेकै बिक्रम पाण्डे थिए । तर
राप्रपाका हेभिवेट उम्मेदवार मानिएका बिक्रम पाण्डे अन्तिम समयमा पछाडी हटेपछि भने राप्रपा चुनावी घरदैलाेमा त्यति सक्रिय देखिदैन ।
तर, यसपटक राप्रपा आँफैले समेत जित्ने आशा गरेकाे देखिदैन । बिक्रम पाण्डे उम्मेदवार नभएकाे अवस्थामा राप्रपाकाे केहि मत बाँडिन सक्छ ।
राप्रपाकाे मत ‘रेनु’ कि ‘साेबिता’ लाई ???
अनुमान १• राप्रपा निकट श्राेतका अनुसार माडीमा चुनावी प्रचारका क्रममा अघिल्ला निर्वाचनमा माओवादिबाट सबैभन्दा धेरै लखेटिने गरेका कारण राप्रपाका नेता, कार्यकर्ता भने अझैपनि नेकपातर्फ सकरात्मक देखिंदैनन् ।
अनुमान २• भरतपुरस्थित विक्रम मार्गमा रहेकाे दियालो फुडल्याण्डमा गतवर्ष भरतपुर महानगरपालिकाले डाेजर चलाएको थियाे । पुँगी खाेला मिचेर बनाएकाे साे सँरचनालाई हटाउन महानगरपालिकाका प्रमुख रेनु दाहाल तथा उपप्रमुख चित्रसेन अधिकारी फिल्डमै उत्रिएका थिए । चितवन क्षेत्र नम्बर ३ का पुर्वसाँसद तथा पूर्वमन्त्री विक्रम पाण्डेले निर्माण गरेकाे साे सँरचना माथि डाेजर चलाउँदाकाे प्रतिसाेध यसपटक पाण्डेले निर्वाचनमा पाेख्ने आंकलन समेत गरिएकाे छ ।
अनुमान ३• हालसम्मकाे चुनावी प्रचारमा बिक्रम पाण्डेले भाषणका समयमा तत्कालीन माओवादी अर्थात् नेपाली कम्युनिस्ट पार्टीप्रति बढि कटाक्ष र गालि गरेरै समय खर्चिने गरेकाे स्पष्ट देखिएकाेले राप्रपाले नेकपालाई समर्थन गर्ने सम्भावना न्यून छ ।
३. नेपाली कम्युनिस्ट पार्टी
नेपाली कम्युनिस्ट पार्टीमा तत्कालिन एकीकृत समाजवादी समेत समाहित भएकाेले यसपटककाे निर्वाचनमा नेकपाकाे मत बढ्न सक्छ । तर, नेपाली काङ्ग्रेसको समर्थनमा भाेजराज अधिकारीले प्रत्यक्षमा २५,८२५ मत पाएकाेले काङ्ग्रेसको आफ्नै उम्मेदवार उठेका कारण साे मत कायम गर्न नेकपालाइ अन्य दलकाे साथ चाहिन्छ । थपिएका मतदाता समेत बाँडिन सक्छन् । समानुपातिकमा नेकपा (माओवादि १६,०९०+ए. समाजवादी १,०८५) तेस्राे पार्टी भएकाेले एमाले र काङ्ग्रेसको मत अति आवश्यक देखिन्छ ।
४. नेकपा एमाले
अघिल्लाे पटक समानुपातिकमा १४,५२२ मतभार रहेकाे नेकपा एमालेलाई अहिलेभने ठुलै धक्का लाग्ने देखिन्छ । पुर्व प्रधानमन्त्री के.पि. शर्मा ओलिकाे तानाशाही प्रवृत्ति र जेनजी आन्दाेलनपछि राजिनामा दिएर भाग्नुपरेकाेले यसपटक सबैभन्दा बढि क्षति एमालेलाई पुग्ने सबैकाे आंकलन छ । चितवन-३ मा समेत अवस्था मुल्यांकन गरि एमालेले हेभिवेट उम्मेदवार उठाएकाे देखिदैन ।
५. नेपाली काङ्ग्रेस
चितवन-३ मा १०,५२४ समानुपातिक मतभार रहेकाे नेपाली काङ्ग्रेसकाे यसपटक अनपेक्षित नतिजा आउने आंकलन छ । धेरैले रास्वपा र नेकपालाई प्रतिद्दन्दि मान्दै गर्दा काङ्ग्रेसले बाजि मार्ने पार्टीनिकट नेताहरूकाे दाबि छ । तर युवा नेता गगन थापाकाे चलाखिपुर्ण निर्णयले विशेष महाधिवेशनबाट पुर्व सभापति शेरबहादुर देउवाकाे नेतृत्व हटेपछि भने युवामत बढ्ने देखिन्छ । चितवन-३ मा टेकप्रसाद गुरूङ्ग शशक्त उम्मेदवार भएपनि जेनजिकाे चाहनाअनुरूप नभएकाेमा अपेक्षित उपलब्धि हाँसिल हुने (विजयीकाे सम्भावना) देखिदैंन ।
उसाेभए, चितवन-३ मा नतिजा कसकाे पक्षमा ???
निर्वाचनकाे मत परिणाम् र जनताकाे गाेप्य मतदान कसकाे पक्षमा आउँछ भनेर एकिन गर्ने कुनै वैज्ञानिक विधि नभएकाेले हामिले अंकगणित र पार्टिगत विश्लेषणलाई आधार मानेका छाैं ।
साे काे अध्ययन र मुल्यांकनबाट कसकाे पल्ला भारि देखियाे भन्ने अन्तिम निर्णय गर्ने अधिकार हामीले तपाईं ‘पाठक’ लाई नै जिम्मा दिएका छाैं । निर्वाचन आचारसंहिताले तपाईंलाई बाेल्न र लेख्न नमिलेपनि आफ्नाे निर्णय आँफैसंग राखि अब मात्रै केहिदिन प्रतीक्षा गराैं निर्वाचन पश्चात् आयाेगले सार्वजनिक गर्ने मतपरिणामकाे । धन्यवाद ।। #PRD821118
