राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ सोबिता गौतमले थारू र गुरुङ समुदायलाई निर्वाचनको समयमा ‘बिक्ने’ समूदाय बताएको दाबी भ्रामक रहेकाे विभिन्न तथ्यजाँचले पुष्टि गरेकाे ।
पछिल्लो केही घण्टायता सामाजिक सञ्जालमा उक्त भिडियाे अतिरञ्जित भएपछि नेपाल प्रेस र टेकपाना दुबैले गरेकाे फ्याक्ट चेक र डेक्सको अनुसन्धानका क्रममा उक्त दाबी भ्रामक रहेको पाइएको छ ।
गाैतमले एउटै कुरामा अडिग रहने इमान्दार समाज भएकाले राजनीतिमा यो समूदाय (गुरुङ, थारू) को फाइदा उठाइरहेको बताउँदै आफ्नो निर्वाचन क्षेत्रका स्थानीयहरूलाई सोबिताले एक महिना पहिले भाषण दिएकी थिइन् । उक्त भाषणलाई तोडमोड गरेर सोबिताले थारू, गुरुङ समुदायलाई पैसामा बिक्ने समुदाय बताएको दाबी सहित भ्रम फैलाएको तथ्यजाँचबाट पुष्टि भएको हो ।
तर, निर्वाचनकाे माैन अवधिमा चितवन क्षेत्र नं. ३ काे उम्मेदवार साेविता गाैतमलाइ विवादित बनाउन विभिन्न नेता, कार्यकर्ता, संघसंस्थाहरूबाट सत्यतथ्य नबुझि विज्ञप्ति जारी गर्ने र उक्त भ्रामक समाचार शेयर गर्ने क्रम चलिरहेकाे छ । #PRD821119
