माडीकाे ऐतिहासिक, धार्मिक एवं पर्यटकिय क्षेत्र साेमेश्वरगढिमा खुलेयाम मदिरा बिक्रिवितरण गरिएकाे भेटिएकाे छ ।
गत चैत्र ५ गतेदेखि सुरू भएकाे रामनवमी (चैतेदशैं) मेलामा बली दिन र पुजा गर्न नेपाल र भारतका भक्तजन एवं दर्शनार्थीहरूकाे उल्लेख्य सहभागिता रहने गर्दछ । मेलाकाे अवलाेकन र धार्मिक कार्य गर्नकाे लागि दैनिक हजाराैं श्रद्दालु भक्तजनहरूले साेमेश्वरगढि पुग्ने गर्दछन् ।
तर, धार्मिक एवं ऐतिहासिक महत्व बाेकेकाे सामेश्वरगढिमा विगतका वर्षहरूमा पनि लुकिछिपि मदिरा बिक्रि वितरण हुनेगरेकाे सुनिएपनि यसपटक भने खुलेयाम बिक्रि भएकाे देखिएकाे हाे । सुरूवाती दिनदेखि नै स्टलहरूमा मदिरा प्रदर्शन गरि बिक्रिवितरण गरेकाे भेटेपछि व्यवस्थापन समितिलाई तत्काल यस्ताे कार्य राेक्न पारदर्शी अनलाइनले सुझाव दिएकाे थियाे तर, पटक पटककाे सुझावलाई लत्याउँदै आम्दानीकाे लाेभमा धर्म र इतिहासमाथि नै प्रहार हुनेगरि मदिरा बिक्रि वितरण गर्न समिति नै सक्रिय देखिएकाे छ भने प्रहरी प्रशासन समेत निरीह बनेकाे छ । #PRD821211
