नवलपुरको इला होटलमा नेपालमै पहिलो पटक एतिहाँसिक अक्वा जुम्वा कार्यक्रम हुदैछ । आधुनिक जीवनशैली र व्यस्तताका बीच स्वास्थ्य र मनोरन्जनलाई जोड्ने उधेश्यका साथ द चितवन युनिटीले आगामी २०८३ असार ६ गते एक दिने विशेष अक्वा जुम्वा कार्यक्रम गर्न लागिएको हो ।
नवलपुरको हर्कपुरमा रहेको इला होटलको स्विमिङ्ग पुलमा संचालन हुने यस कार्यक्रममा चितवन र नवलपुर क्षेत्रका स्वास्थ्यपे्रमी युवा तथा सर्वसाधरणहरुको उत्साहाजनक सशभागिता रहने आयोजकले बताए ।
परम्परागत व्यायम भन्दा निकै फरक पानीभित्र संगितको धुनमा गरिने अक्वा जुम्वा वयायमको यति ठुलो र भव्य इभेन्ट यस क्षेत्रमै पहिलो पटक हुन लागेको हो । पानीको घनत्वका कारण जोर्नीहरुमा कम दवाव पर्ने र बढी क्यालोरी बर्न हुने वैज्ञानिक फाईदाका कारण यो व्यायम पछिल्लो समय विश्वभर निकै लोकप्रिय बनिरहेको छ ।
नेपालकै उत्कृष्ट र प्रमाणित जुम्वा प्रशिक्षक द्धारा यो सेसन संचालन गरिनेछ । धेरै ठुलो संख्यामा पानीभित्र कार्यक्रम हुने भएकाले संस्थाले सहभागीरुको सुरक्षालाई प्रथामिकतामा राखेको छ । कार्यक्रम अवधीभर तालिमप्राप्त विशेष लाईफ गार्डहरु र आकस्मिक अवस्थामा मेडिकल ब्याकअप सहितको प्राथामिक उपचार टोली पुर्ण रुपमा परिचालित गरिनेछ ।
कार्यक्रमलाई थप आर्कषक र यादगार बनाउन नेपालै पहिलो पटक पानीभित्रको फोटो वुथ, अत्याधुनिक ड्रोन फोटोग्राफी,आर्कशक लाईभ डिजे र सहभागीहरुका लागि विशेष लकी ड्र मार्फत सरप्राईज उपाहारहरको समेत व्यवस्था रहेको छ ।
कार्यक्रमा बिहान ११ बजे देखि ४ बजे सम्म चलने छ भने यस कार्यक्रममा सहभागीका लागि रु. प्रन्ध्रसय प्रवेश शुल्क रहेको कार्यक्रम संयोजक सागर विश्वकर्मले जानकारी दिए ।
