राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आयोगलाई अनुसन्धानमा आधारित नीति निर्माण गर्ने सशक्त केन्द्रका रूपमा विकास गरिने बताएका छन्।
Advertisement
प्रतिनिधिसभाको अर्थ समितिमा उनले आयोगले सरकारका नीतिमा अनुसन्धानमार्फत सहयोग गर्ने, मन्त्रालयसँग समन्वय बढाउने तथा नागरिक र विज्ञसँगको संवादलाई थप प्रभावकारी बनाउँदै दीर्घकालीन विकास सोचलाई मजबुत बनाइने जानकारी दिए।
साथै, समितिले उठाएका विषयमा आयोगले १० दिनभित्र लिखित जवाफ पेश गर्ने पनि उनले बताए।
