पूर्व राजा ज्ञानेन्द्र शाहलाई आइतबार चितवनमा भव्य स्वागत गरिएको छ । उहाँका शुभचिन्तकहरुले हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजा आउ देश बचाउ, जयजय गोरख जयजय काली जस्ता राजाको पक्षमा जयजयकार गरेका थिए ।
पूर्व राजा ज्ञानेन्द्रको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चितवन र अन्य शुभचिन्तक जनताहरुको उपस्थिति रहेको थियो । सो अभियानमा सरिक जनताहरुले देशमा गणतन्त्र ल्याएरपनि देशको बिकास हुन नसकेको र सरकार नै बेथिति र भ्रष्टाचारमा लिप्त रहेको बताएका थिए ।
परिवर्तनकारीहरुले देशको व्यबस्था बदलेर झन बर्बादितिर घकेलेको तर्क गरेका थिए । त्यस्तै उनीहरूले बढ्दो संख्यामा युवाहरु आफ्नो देशमा सम्भावना नदेखेर बिदेशीनु परेको तर्क गर्दै अहिलेका ठुला दलहरुले जनताको रगत र पसिनामा आल खेलेको बिचार राखेका थिए ।
Advertisement